यस कन्चनपुर जिल्लाको दक्षिण भेगमा रहेको साबिक त्रिभुवनबस्ति -३ मा २०५९ सालमा दलित समुदायको बाल बालिकहरु शिक्षा क्षेत्रमा सधै कमजोर भएको कारण पढाई बिचमा छोड्ने समस्या भएको कारण यस समुदायका बालबालिकाहरुले शिक्षाबाट बन्चित हुन नपरोस भन्ने सोचका साथ बालबालिकालाई जागरुक गर्ने सोचको साथ ( बाल जाग्रिति पाठशाला )को रुपमा साबिक त्रिभुवनबस्ति -३ का कक्षा ९ मा अध्यानरत दान बहादुर सुनार र राज कुमार बि क ले यस समुदायका बालबालिकाहरुलाइ सामाजिक सस्कार अनुसार तिहारमा खेलिने देउसि भैलो कार्यक्रम को आयोजना गरि देउसि भैलि कार्यक्रम गरि त्यस बाट उठेको रकमको एउटा अबिरल जाकरुक समुह निर्माण गरियो । त्यस पछि त्यसमा समुहको को केहि रकम बालबालिकालाई साझबिहान धुलो माटोमा खेल्ने समयलाइ सदुपयोग गर्नको लागि २०६० सालमा १५ नम्बर डाडा भनि चिनिने ठाउमा सानो टहरो निर्माण गरि बालबालिकालाई जागरुक गर्न भनि बाल जाग्रिति अनौपचारिक पाठशालाबाट नाम राखि पठनपाठन सुरु गरियो ।
बि.स. २०६० सालमा विद्यालय पढ्ने उमेरकाल बालबालिकाले गरिब बिपन्न परिवारका बालबालिकालाइ नि.शुल्क कक्षा सन्चालन गरेको देखेर पुनर्वासका स्थानिय पत्रकार धन बहादुर बि क र बालराम पण्डे द्वरा पत्र पत्रिकामा समाचार आएपछि । स्थानिय सामाजसेवि बाबुलाल बिश्वकर्मा र गिता बस्नेत द्वरा N.N.S.W.A. द्वरा त्यहा पढ्ने बालबालिकालाइ स्कुल ब्याग र स्टेसनरि उपलब्ध गराई सहयोग गर्नु भएको थियो ।